खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: Laxman Gamnage


गिनिजबुकमा सात दल


हाम्रो देशमा सात दल भन्ने एउटा चीज छ । अस्ितसम्म त्यसको नाम आठ दल थियो, अचेल सात दल भएको छ । पछि फेर िनौ दल अथवा के होला त्यो त भन्न सकिन्न तर अहिले सात दल छन् । शक्तिशाली छन् । दसैँ हरेक वर्ष आउँछ । यो वर्ष पनि आयो । धेरै कुरा रोक्न सक्ने सात दलले दसैँलाई चाहिँ रोक्न सकेन । मलाई त लागेको थियो, संविधानसभाको निर्वाचन नहुन्जेललाई दसैँ पनि सार्ने हो कि तर त्यसो गरेन । यहाँचाहिँ सात दलले आफ्नो शक्ति प्रदर्शन गरेनन् ।

मुलुकका ठाउँठाउँमा सडकहरूमा भ्वाङ पारएिका छन्, पर्खाल ठड् याइएका छन् । यातायात बन्द छ । दसैँ मान्न परदेशबाट हिँडेका छोराछोरी घर आइपुग्लान् कि नपुग्लान् भनेर अभिभावकहरू आँखा तानीतानी हेररिहेका छन् । जोसुकै पनि इच्छा लागेपछि जस्तोसुकै बहानामा वा कुनै बहाना नै नभए पनि जुनसुकै गाडी वा घर वा मान्छेमाथि पेट्रोल खन्याएर आगो लगाउन स्वतन्त्र छ । कसलाई कुन लहड चल्ने हो र कुन बजार वा गाउँमा डढेलो सल्किने हो, हिसाब छैन । बेहिसाब त्रासदी बढिरहेका बेला हाम्रो देशको सत्तामा सर्वशक्तिमान सात दल छन् । यो अराजकता, यो उद्दण्डता र यो भयावह स्िथतिले पनि पटक्कै छुन नसक्ने क्या बाक्लो छाला छ, सात दलसँग !?

कहिले कपिलवस्तुमा मान्छेहरू सोत्तर भएका छन्, कहिले रौतहटमा रगतको खोलो बगेको छ । दसैँ, तिहार र छठहरूको मुखैमा हजारौँ मान्छेका घरहरू खरानी भएका छन् । बालबालिका र वृद्धहरूको बस्ने बास र बाँच्ने आश हराएको छ । त्यो पाशविकता र विध्वंस हेर्ने, सुन्ने र केही गर्ने फुर्सद छैन सात दललाई । सात दल त सुदूर भविष्यसम्मै कसरी सिंहदरबार आफ्नो कब्जामा राख्ने भन्ने चिन्तनमा व्यस्त छन् । क्या दूरदृष्टि छ सात दलसँग !?

सात दलको सरकार पनि छ भन्ने सुन्दा तपाईंलाई अचम्म पनि लाग्न सक्छ । विश्वास गर्नुहोस्, त्यो छ । सुरुवाल भिजाउँदै भए पनि त्यो बबुरो सिंहदरबारभित्र बसेर बन्द, हडताल, चक्काजाम, आगजनी, तोडफोड, अपहरण र नरसंहारका समाचारहरू रेडियोमा सुन्छ, टेलिभिजनमा हेर्छ र सके कुरयिरमार्फत अलिअलि राहत पठाउँछ, नसके गहिरो समवेदना सन्देश प्रकाशित गर्छ । जेहोस्, सात दलसँग सरकार छ ।

सात दल सक्रिय छ । त्यसैले बैठक बसिरहन्छ र फेर िअर्को बैठक बस्ने निर्णय गर्छ र अर्को बैठक बस्छ । अर्को बैठकमा पनि अर्को बैठक बस्ने निर्णय गर्छ । बैठकमा कुनै निर्णय नै हुँदैनन् भन्ने कुरा होइन । बैठकले विभिन्न पदहरूमा भागबन्डाहरू गर्छ, आयोगहरू बनाउँछ, राजदूतहरू नियुक्त गर्छ, भत्ता-सुविधाहरू खान्छ । अरू पनि धेरैथोक गर्न सक्छ ।

सबैभन्दा ठूलो कुरा बैठकले संविधानसभाको निर्वाचन पटकपटक पर सार्न सक्छ । पटकपटक संविधान संशोधन गर्न सक्छ । हास्यनाटकहरू प्रदर्शन गरेर पटकपटक प्रतिगामीहरूलाई हँसाउन सक्छ । त्यसैले सात दल ऐतिहासिक छ, सर्वशक्तिमान छ, विचित्रको छ । मलाई यो विचित्र सात दलको नाम गिनिजबुकमा पठाउने धोको छ । मलाई सघाउने भए तुरुन्त एसएमएस गरहिाल्नुहोस् । धन्यवाद ! जय नेपाल ! लाल सलाम !

Author in brief
Name : Laxman Gamnage
Address : Gauradaha-4, Jhapa (Now: Kathmandu)
 | All Articles | Author Detail |

Viewer's Comments


dil kumar chauhan writes:
Posted on 12/17/2007
very good
Abiral yatra writes:
Posted on 11/15/2007
Ginig Bookma satDal Hoina matomuni Chahi ho Nepali Janatako satDal Hohina Bharat& Amerecako Thukka SatDal Nepali janatamathi Kuthara Ghat Garis.
b sharma writes:
Posted on 11/15/2007
thick 6 yo kura malai sarai mann paryo kina bhane neta ko halat nai tyahi khali afno thaili bharne janata ko kura lai lat hanne ko mathi jane bhanne kura bhahek kehi chhaina yinko ginij book ma name rakhnai parchha
chakra prasad dhungana writes:
Posted on 11/14/2007
la la badiya 6
Roshan Khadka writes:
Posted on 11/7/2007
lala dai ramro kaam ho yo... but kahile ho ni yini haru kaam nalagne khattam neta haruko name lekhne...
pusparaj khadka writes:
Posted on 11/6/2007
la dai yo kam chahi chado garnu paryo yeeni haru biswaka gusyaha ma pahilo nam ma aauchha yastako nam giniz book ma narakhe kastako rakhnu ta la maile chahi sms gare ma aru sathilai pani bhanchhu.
Ishwor Devkota writes:
Posted on 11/2/2007
gajab chha ba tapaiko yo lekh.......keep it up
विवेक अधिकारी writes:
Posted on 10/29/2007
ल ल म एस एम एस गरिहाल्छु, यस्तो शक्तीशाली सात दल यस संसारमा अरुपनी होला र ? गिनिज वुक मा नाम दर्ता गर्राई हाल्न पयौ बरु कहिले हो दर्ता गर्ने ।


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com