खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: Suresh Kiran


सहमत हुने सहमति

-सुरेश-
संकट निकासका लागि सहमति खोज्ने सहमति राजनीतिक दलहरुबीच कायम भएको छ । यो पनि राम्रै सहमति हो। अहिलेसम्म सहमति खोज्ने कुरामा समेत सहमति भइरहेको थिएन। अहिले भयो । के कुरामा सहमति खोज्ने त्यो त छुट्याउन बाँकी नै छ। खोज्ने भनिएपछि खोज्न जानैपर्योस। तर, कहाँ जाने, त्यसैमा सहमति हुन बाँकी छ। कोही यही संसद्मा खोजौं भन्छन्, कोही चुनावमा खोजौं भन्छन्, कोही दरबार त कोही दिल्लीमा खोजौं भन्छन्। खोज्ने कहाँ ? यसमा सहमति हुन बाँकी छ ।

खोज्न गएपछि केही भेटी पनि हालिन्छ। तर, जे भेटिन्छ त्यो खोजिएकै कुरा हो वा होइन, त्यसमा पनि सहमति हुन बाँकी छ। सहमतिअनुसार नै भेटिएको हो भन्ने कुरामा पनि सहमति त हुनुपर्योक नि!

अहिले देशमा जुन राजनीति चलिरहेको हो, त्यो सहमतिको राजनीति हो। पूरा देश नै अहिले सहमतिमा चलिरहेको छ। सहमतिको संसद्, सहमतिको सरकार, सहमतिको संविधान र सहमतिअनुसारै त्यसको उल्लंघन। केही गरी भोलि देशलाई बिघटनै गर्ने निर्णय भयो भने पनि त्यो सहमतिको आधारमा हुनेछ। त्यसमा कसैले चिन्ता नलिए हुन्छ।

Author in brief
Name : Suresh Kiran
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


Bhim lal Neupane writes:
Posted on 11/29/2007
sarai ramro lakh raicha abako din ma puni astai lakh lakhnu hola kamred ok
प्रीति राई, कोरिया writes:
Posted on 11/29/2007
मनोज गजुरेलले पनि लोकतन्त्रको नाममा मनपरितन्त्र गर्न लागेको होकि? नया नया खुराकहरु अपडेट हुन निकै समय लागिरहेको छ नि? कि खुराकको भण्डारनै रित्तिएको हो? तपाईजस्तो मान्छेको भण्डार यति छिट्टै रित्तिन त नपर्ने हो|सायद धेरै गाठ आउनेतिर लाग्नुभएको होला|यसो गर्नु भएन है कमरेड!!
Ishwor Devkota writes:
Posted on 11/24/2007
"यो समाबेशी लोकतांत्रिक आवाज हो । आम नेपालीमा नयाँनेपालको सुभकामाना सहित सुरुगरौ आजको समाचार। नेपाली जनाताले आफ्नो भाग्य र भविष्य को फैसला आफै गर्न पाउने दिन गत मंसिर ६ गते एउटा ऐतिहासिक दिन को रुपमा बिश्व समुदाय ले लिएको छ । नेपालिजनाताले अब छिटै बर्सौदेखिको पुर्खाहरू को सुन्दर सपना ; समाबेसी समाज को परिकल्पना लाई बास्तबिकतामा परिणत गर्दै छन। देसको सम्पूर्ण जिल्ला बाट प्राप्त खबर अनुसार मंसिर ६ गते को सम्बिधान सभानिर्बाचन आम बिश्व समुदाय ले सोचे भन्दा ठीक बिपरीत अत्यन्त शान्त र सौहार्द वातावरणनमा सम्पन्न भएको छ। गोहिले टाउको उठाउने संकागरेका केही राजनैतिक पार्टिहरुको मुखमा बूझो लागेको छ. नेपाली जनाताका सच्चा जनपर्तिनिधिहरु अबको केही दिनमानै जनताको संबिधान लेख्न सिंघ दरबार पस्ने छन र दुइसय बर्ष अघी देखी नारायण हिटिमा राजगरेर बसेको अजिंगर रूपधारी राजतन्त्र निर्मलनिवास छिर्नेछ । """" तर के गर्नु सहमतिका लागी सहमति गर्ने राजनितिक पार्टिहरुको रोटी चिल्ला मीठा कुराखस्रा मिठाले नेपाली अघाउन लागी सकेका छन । यस्तो समाचार कहिले सुन्न पाइएला र खोई नेपाली जनताको भाग्य दह्रो नभएर हो कि किन हो किन !!!!!!!!!!!
Tara N. Neupane writes:
Posted on 11/23/2007
Iam 100% agree with you.Whatever you said it's real. you are the best i love it.thanks.
Rajan Giri writes:
Posted on 11/22/2007
I think the main leaders of seven politicals party will be unable to do the CA poll. I pray with the god to give fresh and useable mind to the main leaders of seven politicals party..


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com