|
|
►
Bishesh |
By: Laxman Gamnage |
म बिर्सन चाहन्छु 'फेरि त्यो दिन सम्झन चाहन्न
त्यही कथा दोहोर्याउन चाहन्न !'
सुगम पोखरेलको गीतजस्तै नया नेपालमा म पनि पुराना दुःखद र पीडादायी घटनाहरू सम्झन चाहन्नू । म नेपालीले इतिहासदेखि भोगेका उत्पीडनहरूलाई बिर्सन चाहन्छु । मैले भीमान र झापाका जङ्गलमा पञ्चायती प्रहरीले क्रान्तिकारीहरूलाई निर्ममतापूर्वक मारेका घटनाहरू बिर्सिसकेको छु । मैले मण्डले आतङ्कहरू बिर्सेको छु । मैले राजाका सेनाहरूले क्रान्तिकारीहरूका पाइताला र शरीरमा लाठीले हानेका राता-नीला सुम्ला र फुटेका घाउका दृश्यहरू बिर्सेको छु । क्रान्तिकारीहरूलाई डोरीमा झुन्ड्याएर पानीमा डुबाउदै कोर्राले हानेका, करेन्ट लगाएका र पीनले नङ छेडेका भैरवगणीय आततायी घटनाहरू भुलेको छु ।
सिपाहीहरूले आखामा पट्टी बाधेर जङ्गल र ब्यारेकहरूमा लगेर नुन-खुर्सानी दलेका युवकयुवतीका चीत्कारहरूको सम्झना मेटाएको छु । कृष्ण सेनजस्ता क्रान्तिकारी पत्रकारलाई जेलमै कुटीकुटी मारेका घटनाहरू पनि मलाई सम्झना छैन । निरङ्कुश शासकहरूले गराएका त्यस्ता घटना मात्रै होइन, नया नेपालको निर्माणमा लागेका क्रान्तिकारीहरूबाटै भएका त्यस्ता धेरै घटनाहरूलाई पनि 'युद्धका बेला भएका दुर्घटना' ठान्दै बिर्संदैछु । मलाई एक जना मास्टरको मधुरो सम्झना आउछ । नया नेपाल बनाउने बाटोमा अवरोध गरेको कसूरमा उनलाई रूखमा बाधी हातखुट्टा भाचेर मारएिको थियो क्यारे ! उनको नाम शक्ति, भक्ति वा मुक्ति र थर पनि भट्टराई वा अधिकारी के थियो, मैले बिर्सें । यदु वा यस्तै के नाम भएका गौतम थरका एक जना कम्युनिस्ट नेता थिए । तिनलाई पनि त्यस्तै अपराधमा क्रान्तिकारीहरूलेे सिध्याएका थिएजस्तो लाग्छ । त्यो घटना पनि मैले कहिले बिर्सें, बिर्सें ।
अरू त अरू, भर्खर अस्ति पत्रकार वीरेन्द्र साहलाई जङ्गलमा लगी कन्चटमा तारो हानेको घटनालाई पनि बिर्सिदिऊ कि भन्ने सोच्दै थिए । फेर अचानक पश्चिमतिर अर्का पत्रकार ठकुरीलाई बेपत्ता पारेको कुरा सुन्नु परेर रनभुल्ल परेको छु । उनको त सास पनि भेटिएको छैन, लास पनि । सम्भिmरहेको छु, उनको यथार्थ पत्ता लागेपछि त्यो घटना पनि बिर्सन मलाई सजिलो हुनेछ । त्यसमाथि ससाना कमरेडहरूले गरेको गल्तीमा ठूल्ठूला कमरेडहरूले क्ष्ामा मागेपछि त त्यस्ता घटना बिर्सिन बेरै लाग्दो रहेनछ ।
यसैबीच एउटा कलेजका सञ्चालकहरूको टोलीलाई आखामा पट्टी बाधेर अनकन्टारमा लगी युवा क्रान्तिकारीहरूले सुम्ल्याएको घटना पनि दुई-चार दिनमा बिर्सिइएला भन्ने आशा छ । क्रान्तिकारीहरू वर्गीय राजनीतिमा भन्दा लोग्नेस्वास्नीको झगडा वा व्यापार-व्यवसायका पार्टनरहरूको विवादमा धुर पसेर सामाजिक परविर्तनमा समेत लागेको मलाई साह्रै मन पररिहेको छ । म उनीहरूबाट नया नेपाल निर्माण हुन्छ भन्नेमा विश्वस्त भएकाले अतीतका सबै त्यस्ता घटनाहरू बिर्सन चाहन्छु र नया नेपालको निर्माणमा बाधा नपुगोस् भन्नाका लागि आगामी दिनमा पनि कुनै मास्टर, पत्रकार, डाक्टर, साहित्यकार, वकिल, सेयरहोल्डर, व्यापारी आदिलाई छाला काढियो, भाटा हानियो वा परमधाम नै पुर्याइयो भने पनि तुरुन्तै त्यस्ता घटना बिर्सन तम्तयार भएर बसेको छु ।
बिर्सनुपर्ने घटनाको थाकले थिचिएर बौलाइन्छ कि भन्ने एक मात्र पीर छ मलाई । बाूकी सबै ठीक छ ।
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
Dharma writes: Posted on 7/30/2009 | | यस्ता बिर्सन पर्ने घटना त घत्नै बाँकी छन जस्तो लाग्छ मलाई त किनकी नेपालमा रगतमा पौदी खेलन मन पर्ने कमरेद छदैछन , होइनर? |
|
|
|
|
|
|
|
|