|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
नयां नेपाल VS नेपाल नयांनेपाल 'नयां' बनाउन एकमत नभएपनि पार्टी 'नयां' नेपाल बनाउन सहमत देखिएका छन् । अधिकांस पार्ट नेताहरु भन्छन्-'हामी सबै मिलेर नयां नेपाल बनाउनु पर्दछ ।' कुनै नेताले भनेको सुनिएको छैन कि-'हामीले नेपाल नयां बनाउनु पर्दछ ।' मेरो यहींनिर असहमती छ-नेपाल पो नयां बनाउनु पर्ने हो त ! नयां 'नेपाल' बनाएर पुराना नेपालको अस्तित्व अस्वीकार गर्न पटक्कै मिल्दैन ।
संसार चलाउनेहरु शब्दमा कन्फ्युज छन्. भन्ने मलाई पटक्कै लाग्दैन । नेपाल नयां' बनाउनु र नयां'नेपाल' बनाउनु बिल्कुल भिन्न कुरा हो । नेपाल नयां बनाउनु भनेको देशको मुहार फेर्नु हो भने नयां 'नेपाल' बनाउछौं भन्नुको अर्थ देशमा नयां नयां रुप र रङ्गका 'नेपाल'हरु बनाउने र असफल पार्ने भन्ने नै हो । त्यसैले मेरो जोडदार आग्रह छ, उप्रान्त कसैलाई नयां'नेपाल' बनाएर उसको राजनैतिक धरातल हल्लाउन पाईंदैन ।
प्रसंगले अर्को अर्थ नलागेमा 'नेपाल' भन्नाले देशबाहिर मेची-कोशीको भूगोल,र देशभित्र माधव नेपाललाई बुझिन्छ । 'नेपाल' शब्दको बुझाईमा नै यत्रो अन्तर छ भने नेपाल नयां बनाउने र नयां 'नेपाल' बनाउने कुरोमा झन कति भिन्नता होला ! नेपालको राजनीतिमा पुराना नेपालको भुमिका पनि कम नभएको हैन । कमरेड मदन भण्डारीको रहस्यमय देहवसान पछि एमालेलाई हा“क्ने पनि पुरानै नेपाल हुन् । एमालेलाई बिशाल बनाउने र आम जनतामा लोकप्रिय बनाउने पनि उनै नेपाल हुन्, राज्य-माओवादी शान्ति वार्तालाई शुरुदेखि अन्त्यसम्म अग्रपंक्तिको भुमिका निर्वाह गर्ने पनि उनै नेपाल हुन् । उपरोक्त बयान पुराना नेपालको हो ।
अव आउनोस् नयां 'नेपाल' बयान गरौं । वाम तालमेलमा सकारात्मक हुदाहुदैपनि आफ्नो पार्टीभित्रका छोटे 'राजा'हरुको तालमेल बिरोधी अखडा बिरुद्ध खरो उत्रन असफल नेपाल, परिवर्तित जनमतको 'ग्राउण्ड रियालिटि' बुझ्न असक्षम माधव नेपाल अनि धाक र धक्कुको बिरुद्धमा झक्कुको भक्कुमार भोटद्धारा पराजित माधव नेपाल ! पार्टीले यही र यस्तै खालको नयां 'नेपाल' बनाउन खोजेका हुन भन्ने मेरो ठम्याई छ ।
सायद स्वदेशीलाई लाग्दो हो, 'नयां' नेपाल बनाउन पाए महा-सचिवलाई गुमराहमा राखेर पार्टी हालिमुहाली गर्न पाईंदो हो । बिदेशीलाई लाग्दो हो -नेपालमा नयां 'नेपाल' बनाएर उनै मार्फत चलखेल गर्ने अवसर प्राप्त हुदो हो । तर, मेरो बिचारमा नयां 'नेपाल' बनाउने कुरो न कुनै पार्टी हितमा छ, न त राष्ट्रको हितमा नै छ । यो या पुराना नेपालजीको योगदानलाई नजरअन्दाज गर्ने कुटनीति हो, या त नेपाल नयां बनाउने अभियानलाई असफल पार्ने रणनीति हो ।
यदी नयां नेपाल नै बनाउने हो भने अरु कोही जरुरी छैन, पुरानै माधव नेपाललाई धोइ पखाली काम लाग्ने बनाउन सकिन्छ । पुरानै नेपालपनि राष्ट्रकालागी हानिकारक हैनन् । नेपाल नयां बनाउने हो भने राष्ट्रपति र प्रधानमन्त्रीको दोहोरीमा पार्टी अल्झंदैनथे। सत्तँ बाडचुडको खेलले राजावादीहरुको चलखेल बढ्छ भन्ने कुरो थाहा हुदाहुदै जालझेलमै लिप्त रहनुले पार्टी नेपाल नयां बनाउन हैन, 'नयां नेपाल' बनाउन कम्मर कसेर लागेका छन् । हेनमात्र बा“की नयां नेपाल को बन्ने हो !
मेरो बिचार सोध्नुहुन्छ भने, पुराना नेपाल नै काफी छन्-यस देशमा थप नेपालहरुको जरुरी छैन ।
Author in brief |
|
|
|
|
|
|
|
|
|
|