खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


फोरमानन्दसंग

'सबैभन्दा पहिले यहांको नामबाटै कुरो शुरु गरौं ।' पत्रकारले कुरो शुरु गरिन् । उपजीले पानको बिंडा मुखमा कोचार्दै भने-'कुरो के छ भने हाम्रो बाबा आमाले राखिदिएको नाम त परमानन्द हो। जनकपुरको मैथली व्राम्हणकुलमा मेरो पहिलो जन्म भएको हो ।'पत्रकार छक्क परिन्-'अहिले तपाईंको दोश्रो जन्म भएको हो ?'सहज स्वरमा बोले-'ना,यो मेरो तेश्रो जन्म हो।' पत्रकारमा थप कौतुहलता देखियो-'पहिलोजन्ममा तपाईं के हुनुहुन्थ्यो त ?' भरखर मुखमा हालेको पानको रस पिच्च थुक्दै बोले- 'पहिलो जन्ममा म राष्ट्रको असल नागरिक थिएं, कुल परिवारको इज्जत थिंए र आफ्नो समाजको सम्मानित ब्यक्तित्व थिएं । लेकिन.....।' एकाएक उनि गंभीर हुनपुगे ।

पत्रकार सकेसम्म म ठट्टा रमाइलोमा नै वार्ता गर्न चाहन्थिन्, सोधिन् -'लेकिन,किन्तु,परन्तुको कुरा छोड्नोस् । दोश्रो जन्ममा तपाईं के हुनुहुन्थ्यो ?' उनी बेलि बिस्तार लगाउन थाले-'जब जनकपुरबाट काठमाण्डौ आइलिएं, बकिल भइलिएं, न्यायधिसका बढुवा भइलिंए-त्यसको बादमा हि मेरो अर्को जन्म भएको हो ।' पत्रकार पुष्टी गर्न चाहन्थिन् -'ए, त्यही बेला हो तपाई परमानन्दको रुपबाट चरेसानन्दको स्वरुप पुनर्जन्म हुनु भएको हो ?' उनी बोले-'हां, परमानन्दबाट चरेसान्दको पुर्नजन्म न्यायधिस भएको बेलामा नै भएको हो ।' पुनर्जन्मबारे म पत्रकारको जिज्ञासा थियों-' किन तपाईंको पुर्नजन्म भयो होला ?' उनी बोले-'हेर्नोस्, कुरो के छ कि पहिलो जुनीमा धर्म गर्ने मेरो इच्छा जुन थियो पुरा भएको थिएन, त्यसैले दोश्रो जन्म भयो होला सायद ।'

'किन धर्म गर्न पाउनु भएन पहिलो जन्ममा ?' पत्रकारको प्रश्न तेर्सियो । 'कुरो के भयो कि चांडै नै म मानवबाट न्यायधिसमा रुपान्तरण हुनु पर्यो ।' उनको जवाफले पत्रकार सन्तुष्ट भइनन् -'न्यायधिस भएपछि धर्म गर्नु भयो त ?' फेरी एकपटक पिच्च पान थुक्दै उनि बोले-'हां, न्यायधिस भएको बेला मैले धेरै धार्मिक काम गरिलिएको छु ।' पत्रकार थप पुष्टी चाहन्थिन् । -'ति मध्य कुनै एउटा उदाहरण दिन सक्नु हुन्छ ?' उनी जुरुक्क उठे, र गर्वका साथ बोले-' चरेसकाण्डका मानिस जो जेल परेका थिए, उनिहरुलाई रिहा गर्ने महान कार्य मैले नै गरेको हुं ।'

'तर, चरेस काण्डका अपराधीलाई छुटाउनु भनेको त अधार्मिक काम भएन र ?' पत्रकारको यो पत्रकारको यो प्रश्नले उनि जंगिए-'कसले भनेछ कि अधार्मिक काम ? गांजा, चरेस जो छ, त्यो भगवान शिवको प्रसाद छ । प्रसाद बांड्दै हिड्ने मानिसलाई न्याय दिनुलाई कसरी भन्नुहुन्छ अधार्मिक , हांय ?' उनको पारो तताउनु राम्रो ठानिनन् । 'यो धार्मिक काम गरे बापत पत्रम् पुष्पम्को पनि राम्रै ब्यवस्था भयो रे नि त ?' यो प्रश्नमा गजक्क पर्दै उनि बोले-'जस्को काम, त्यस्तै परिणाम । वही धार्मिक कामको परिणाम त अहिले मैले यो राष्ट्रपति-उप पद पाइ लिएको छु ।'

'तपाईंको मतलब तपाईंको चरेसानन्द जन्मको फल नै अहिले उप राष्ट्रपति फोरमानन्द हो, हैन त ?' पत्रकारले सोधिन् -'हां, नत्र यत्रो ठुलो पद सबकोही ले पाउनु पर्ने थियो नि । लेकिन फोरमानन्दमात्रै किन राष्ट्रपति-उप भयो ।' 'अनि यो फोरमानन्दचाहीं कसरीको जन्म कसरी भयो ?' यस प्रश्नमा उनी बोले-'यो त बहुत मल्टि तरिकाले भएको छ ।' पत्रकार प्रष्टिन खाजिन्-'जस्तो ?' उनी बोले-'जस्तो कि तराई आन्दोलनमा थुप्रै जनताको मृत्यू भएको, टाउको फोरिएकाले पनि फोरमानन्दको जन्म भएको हो । फोरमको तर्फबाट लड्डु पाएको कारणले पनि फोरमानन्दको जन्म भएको हो । जस्तो सपथ खांदा पनि राष्ट्रिय एकतालाई फोर्ने खालको कर्तब्य गरेर पनि फोरमानन्दको जन्म भएको हो । '

पत्रकार बल्ल कन्भिन्स भइन् -' हिन्दीमा सपथ नलिएको भए कतै तपाईं चरेसानन्दको पाप पखालिएर परमान्दमा नै पुर्नस्थापित हुनुहुन्थ्यो होला नि ?' उनि झस्किए-'कुरो के छ कि हिन्दीमा सपथ नलिएको भए सपथ गरेर राष्ट्रपति भवनको सिधै सप्तरी पकाईदिन सक्ने कुरा पनि जो थियो ।' सोधिन् -'कसले ?' उनी बोले-'जसले चरेसानन्दलाई फोरमानन्दमा बिठाइलियो, उसैले ।' थपिन् -'तपाईलाई भोट दिने एमाले र कांग्रेले ?' उनी कानेखुशी गर्न थाले-' एमाले कांग्रेस त मोहरामात्रै हुन्, बात गंभीर छ भैया ।यस बिषयमा अहिले नबोलौं, समयले पुष्टी करिलिइहाल्छ नि । '

कुरोको चुरोमा नै नपुगी उनी उम्किन खोजेपछि पत्रकारले प्रसंग बदलिन् -'हिन्दीभन्दा त आफ्नो मातृभाषा मैथलीमै सपथ लिएको भए नि हुन्थ्यो होला नि । कि आउंदैन मातृभाषा ?' उनी बोले-' कायको नही आता ? मातृ, पितृ, शत्रु र पत्रु -चारों भाषा आउंछ । लेकिन कुरो के छ कि केटाकेटीमा मातृभाषा राम्रो, बुढ्यौलीमा पितृभाषा राम्रो । यस बारेपनि धेरै नबोलौं, कुरा गंभीर छ ।' उनि अझै गल्ती स्वीकार्ने मुडमा थिएनन् । पत्रकारले थप प्रश्न तेर्साइन् -'बाहिर तपाईंको त्यतिका पुत्ला जलिरहेको छ । जनतादेखी डर लाग्दैन ?' उनि जंगीए-'कायको जनता ? जनताले थोडै मलाई राष्ट्रपति उप बनाएका हुन् र ?' पत्रकारले कुराको बिट मार्न खोज्दै सोधिन्-'जसले बनाएको भएपनि जनता खुशी पार्नु त तपाईंको कर्तब्य हैन र ?'

उनि अझ आक्रामक देखिए ।'फोरमान्दलाई जस्ले राष्ट्र उपपति बनाइलियो, उसलाई पो खुशी पार्नु पर्ने हो, जो मैले गरि लिएको छु ।' पत्रकारले सोधिन्-' तपाईंलाई राष्ट्रपति त सभासदहरुलो बनाए । तर उनिहरु पनि तपाईंको सपथप्रति सन्तुष्ट छैनन् त ?' फोरमानान्द कुर्सीबाट उठ्दै बोले-'हे, तपाई राजनीति बुझ्नु हुन्न क्या । के कुरो याद राख्नोस्-नेताहरुले के भनिरहेछ त्यसबारेमा हैन, कि के लुकाई रहेको छ,त्यसबारेमा जानकारी लिनोस्, हां ।' यति भनेर फोरमान्द इन्टरनेशनल कल रिसिभ गर्न लागे, प्रश्नै प्रश्नको पोको बोकेर त्यहां पुगेकी पत्रकार पनि थप एक डोको प्रश्न लिएर आफ्नो कार्यालयतिर फर्किइन् ।

प्रश्न को उत्तर पाउंन पत्रकार पनि गएको म थप प्रश्नै प्रश्नको भारी बोकेर फर्किएं ।

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments



Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com