|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
क्याम्पस कि ट्याम्पास !!
क्याप्पस हैन, ट्याम्पास !नाम क्याम्पस-काम पार्टी कार्यालयजस्तो-क्या हो यस्तो !?
क्याम्पसमा बिद्यार्थीहरुलाई चुनाव लागेको छ रे भनेर यसो छड्के नजर गर्न गएको थिएं । मेरा आंखामा धुलो परेको हो कि आंखा धुलोमा परेर हो, न क्याम्पसलाई चुनाव लागेको देखियो, न त बिद्यार्थीलाई नै । सांच्चैभन्दा काठमाण्डौमा कतै क्याम्पस देखिएन क्या । जुन ठाउंमा क्याम्पस ठानेर पुगेको थिएं, ति त, कतै कांग्रेस कार्यालयजस्तो, कतै एमाले अफिसजस्तो त कतै माओवादीमोर्चालयजस्तोमात्रै पो देखियो । चुनाव बिद्यार्थीलाई लागेको हो भनौं भने पार्टी नेताहरु प्रचारमा पुगेकाछन् । क्याम्पसमा चुनाव लागेको भनौं भने, मःमः पसल , भटि्ट पसल , सटर र भित्ताभरी बिभिन्न संगठनमा प्रचार पसलहरु देखिए । प्रचारको खर्चबर्चको त कुरै छोड्नोस्, हाम्रा बिद्यार्थी र बिद्यार्थी संगठनहरु त नेपालका बेपारीभन्दापनि धनी पो भएछन् बाई ।

पोष्टरको सटर-पसलेको दोहोलो -स्टिल कम्पनीको हरि बिजोगः ह्याप्पी चुनाव

सायद गिरिजाबाबु भन्दै होलान् - 'म के भन्छु भने, नेबिसंघमा गगन थापाजस्ता क्रान्तीकारी कोही निस्किए भने तिनलाई अर्न्तघात गरेर भएपनि हराउनै पर्च, जय नेपाल ।'

'एक पटकको तिल्के, घरी घरी पल्के !'सधैं हावा एकैनासले चल्ने भए प्रकृति नै कहां यति रमाइलो हुन्थ्यो र, कि कसो ?

मः मः पसलमा बिद्यार्थी संगठनको पोष्टरः 'एक भोट-एक प्लेट !!'

नारा चेन्ज गर्ने कि- 'बन्दुक हैन, सत्ता रोजौं, सत्ता नभएनि भत्ता खोजौं ! भाग शान्ती जय नेपाल !!'
Author in brief |
|
|
|
|
|
|
|
|
|
|