खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


एमाले- अलैचीं समुहको अपिल !

रेड (रातो) कम भएका कम रेडहरु,
स्वादिलो अभिवादन !
कमरेडहरु,
अलैंचीको बारेमा म धेरै ब्याख्या गर्न चाहान्न । बिश्व स्वाश्थ्य संगठनले यसको महत्व प्रष्ट्याई सकेको छ । तपाईंहरुले अलैंचीलाई भोट हालेर देशलाई अलैंचील्याण्डको रुपमा बिकास गर्नु नै हुनेछ । हाम्रोजस्तो पहाडै पहाडको देशमा दुइचारवटा सुपारीका रुखहरु ठडिंदैमा अलैचीं ओझेलमा पर्छ भन्ने पनि हामीलाई लाग्दैन । अलैंचीको महत्व र ब्यापकताबारे कमरेडहरु बिज्ञ भएकाले म सुपारीको दुर्गुणबारेमात्रै केही अपिल गर्न चाहान्छु ।

((Photo तानतुन From माईसंसार.Com))

कमरेडहरु,
सुपारी धेरै रोगको जननी हो । पेटको पथ्थरी, दांतको रोग, आन्द्राको रोग, ग्यास्टीक, गानु गोलाजस्ता रोगहरुको कारण अधिकमात्रामा सुपारीको प्रयोग हो भन्ने कुरा डाक्टरले प्रमाणित गरिसकेका छन् । तपाईं कार्यकर्ता रोगिनु भनेको पार्टी दुब्लाउनु हो, पार्टी दुब्लाउनु भनेको देश बिरामी पर्नु हो । यो महाधिवेशनमा तपाईंले सुपारीको सतही स्वादमा हैन, अलैंचीको आन्तरिक वासनाको पक्षमा मतदान गर्नु हुनेछ र, पार्टी देशलाई स्वादिष्ठ बनाउनु हुनेछ ।

हो, अलैंची अलि मंहगो छ । महंगो भएकै कारणले अलैंचीको स्वाद बेलायत र बेल्जियमसम्म फैलिन सकेको हो । दक्षिण एसियाबाहेक संसारका कुनैपनि मानिसले सुपारी नामको त्यो बेस्वादे काठ चपाउंदैनन् । अलैंची त उत्तर अमेरिकादेखी पुर्वी युरोपसम्म मन पराइने लोकप्रिय मसला हो । तपाईंहरु सुपारी रोपेर देशलाई आसामजस्तो उजाड बनाउन चाहानुहुन्छ कि अलैंची उमारेर दार्जिलिंगजस्तो हराभरा बनाउन चाहानुहुन्छ - विवेक आफ्नो प्रयोग गर्नोस्, दबाब हाम्रो झेल्नोस् !

कमरेडहरु,
यो महाधिवेसनमा क्षेत्रियताका कुरापनि उठे । इलामको अलैंचीलाई हैन, झापाको सुपारीलाई भोट दिनोस् भन्ने खालका प्रचार पनि गरिए । तर हामीले के बुझ्नुपर्छ भने इलाम र झापा खासै टाढाको बिषय हैन, मुख्य बिषय त के हो भने, हिजो अस्ती सुपारीले धेरैको दांत बिगारेको छ, दांत बिग्रिएको कारणले धेरै कमरेडहरु दांत देखाएर हांस्न सक्नु भएको छैन । हांसो नभएका कमरेडहरुको अनुहार त्यसै त्यसै फुंग उडेको, उद्धेश्य नभएको, लक्ष बिर्सिएकोजस्तो देखिन थालेको छ । यसैले अलैंची खानोस्, अलैंचीमा भोट हाल्नोस् र मज्जाले दांत देखाएर हांस्नोस् । लक्ष के हो, हामीले थाहा पाएपछि तपाईहरुलाई पनि बताईदिनेछौं ।

कमरेडहरु,
धेरै कमरेडहरुलाई भ्रम हुनसक्छ, दुइपक्षबिचको द्धन्द सैद्धान्तिक होला भनेर । भ्रम नपरोस्, हामीबिचको द्धन्द सैद्धान्तिकभन्दा ज्यादा प्राकृतिक हो, राजनैतिकभन्दा ज्यादा पदनैतिक हो । हिजै एक इमान्दार कमरेडले प्रश्न गर्नु भो, यो द्धन्द्धात्मक हो कि धन्दात्मक हो - मैले उहांलाई प्रष्ट पारें, हाम्रो विवाद न द्धन्दात्मक हो, न त धन्दात्मक....यो त मात्र गन्धात्मक झगडा हो ! किन भने सुपारी र अलैंचीको गन्ध फरक फरक हुन्छ भन्ने कुरा कमरेडहरुलाई थाहै छ ।

अन्त्यमा, हाम्रो यो गन्धात्मक लर्डाईंमा तपाईंले गन्धहिन सुपारीलाईभन्दा सुगन्धित अलैंचीलाई भोट दिनुहुनेछ । तर, सुपारीपनि ब्यापारकालागी खराब हो भन्ने हाम्रो धारणा हैन ।

स्वादिलो सलामका साथ
अलैचीनाथ

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments



Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com