खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


गिनिजबुकमा नेपाल


नेपालका अधिकांस नेताहरुलाई लगभग एकैसमयमा एउटै बिराम लाग्ने गर्दछ । उपचारको लागी दिल्ली नै जानासाथ रोगसोग चट् हुने गर्दछ ।

नेपालमा करिब एकलाखभन्दा बढि मानिसहरुले मोबाइलबाट कुराकानी गर्दछन् । बांकी ४४ लाख मोबाइल प्रयोगकर्ताहरु पुन प्रयास गर्दागर्दै समय बिताउंछन् ।


लगभग १५ लाख जनसंख्याकालागी (काठमाण्डौंमा) करिब तिन दर्जन एफएम स्टेसनहरु रहेकाछन् । तिनीहरु आफू टाट पल्टिएकाछन् कि अरुलाई टाट पल्टाउंदैछन्, रहस्यकै गर्भमा छ ।

बक्सिङ्, तेक्वान्दो, करा“ते,जस्त खेलमा भक्कु स्वर्णपदक ल्याउने नेपालका खेलाडीहरु बुद्धीचाल, बाघचाल, चेसजस्ता खेलमा सधैं पछाडीबाट प्रथम हुने गर्दछन् । यसकालागी कस्तो मनोबिज्ञानले काम गरिरहेको छ, बिज्ञहरु ट्वाल्ल परिरहेकाछन् ।

वर्षको ३०० दिन हडताल भएपनि धेरै बिद्यालयहरुले शत्प्रतिशत सफल रिजल्ट निकाल्दा संसार अचम्मित हुने गर्दछ ।


नेपाली नागरिकहरु हरेकदिन दिपावली मनाउने गर्दछन् । जलश्रोतको दोश्रो धनी राष्ट्र नेपालमा दिनको चारघण्टा बिजुली आउंदा यहांका नागरिकहरुलाई तिहार आएजत्तिकै हुन्छ ।


नागरिकहरु दिशा नधोइकन हिड्छन् भन्ने कुराको प्रमाण स्वरुप सञ्चार माध्यामबाट बारम्बार बज्ने सुचना सुनेहुन्छ-'दिशा गरेपछि हात धुने बानी बसालौं ।'

३५ हजार मतदाता भएको निर्वाचन क्षेत्रमा ४५ हजार भोट खस्ने संसारको अलौकिक चुनाव क्षेत्र नेपाल देशको गोरखा जिल्लामा पर्दछ ।

संसारको सबैभन्दा ठूलो लोकतन्त्र नेपालमा मात्रै छ । तरकारी चर्को वा श्रीमानको बोली झर्को भएको बदलामा चक्काजाम गर्ने अधिकारलाई समाजले ग्यारेन्टी गरेको छ ।


आफ्नो देशमा नपाएको अधिकार बिदेशी राजदुतहरुले नेपालमै मात्र पाउंछन् । केही बिदेशी राजदुतहरुले नेपाल सरकारको किचनदेखि क्याबिनेटसम्म छिर्ने अधिकार प्राप्त भएको ठान्दछ ।

'गिनिजबुक अफ वल्ड रेकर्ड्स'मा उल्लेख गर्नकालागी थप केही भए तपाईं लेख्दै जानु होला ।

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


simanta writes:
Posted on 8/17/2010
kuro ta gajaba ko garnu hnuncha ni.
tb royel writes:
Posted on 4/23/2010
very good.
Paresh writes:
Posted on 1/19/2010
good
lok3 writes:
Posted on 8/10/2009
saram chainna dar chainna laaj chainna desh ko laagi yineru j garnu pani tayar chhaan janta lai sewa chainna khaas ta bideshi ko ghoda dhokdai ra jhukdai bancheko ta chhan yineru laaj pacheko neta haru?yasari nai sakdo neta haru le k gardai chha desh istiti kanhan pugyo var aba patrakar mai matra chha tara buch pachayera nidayeka chhan yineru


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com