खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: मनोज गजुरेल


न संघीय ! न लोकतान्त्रिक !! न गणतन्त्र !!! न नेपाल !!!!

पहिले भनिन्थ्यो-'नेपाल अधिराज्य', अहिले भनिन्छ- 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' बनेको छ । 'आफैं पुरहित, आफैं जजमान' भनेजस्तो यो लोकतान्त्रिक न्वारान बुझ्न नसकेर तपाईंसामु छलफल चलाउने जमर्को गरेको छु । छल नगर्नुहोला, फल फलेछ भने बांडीचुंडी खाउंला !

अहिलेको नेपाललाई 'संघीय' भन्ने आधार मैले भेटेकै छैन । 'संघीयता'को मही मथिंदैछ, घिउ निकाल्नै बांकी छ । घिउ निस्कन्छ कि ठेकीमा मुसा परेर खानै नहुने बनाउने हो कि, घिउ चोरहरु आएर ठेकी रित्याई दिनेहुन्-केही टुंगो छैन । 'चुचे ढुङ्गो, उही टुङ्गो' भनेजस्तो 'नेपाल राज्य'लाई 'शाही अधिराज्य'मा काज फिर्ता बोलाउने प्रयासपनि भइ नै रहेकाछन् । उत्तरेले भन्छ-आठ सय जिल्लाको संघीयता, दक्षिणेले दबाद दिन्छ-एउटै प्रदेशको संघीयता π यता हो कि उता हो-केहीको पनि टुंगो छैन । टुङ्गो बिनाको बिषयमा बुङ्गोजस्तो दौडिएर कहां पुगिन्छ-गन्तब्य गाइडलाई पनि थाहा छैन । संघीयताको स्वरुपबारे जनताको न प्रष्ट धारणा, न सभासद्को ल्याप्चे, न त संबिधानसभाको घोषणा ! यस्तो अवस्थामा 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'मा 'संघीय' शब्द त अटाउनै सक्दैन ।

प्रश्न उठ्न सक्छ-संघीय भइ नसेकपनि 'लोकतान्त्रिक गणतन्त्र नेपाल' त हो नि त π अब, हो भनौं कि हैन भनौं-यस बिषयमापनि मेरो मन पुरै 'संघीयता' भएको छ, अर्थात्, कन्फ्यूज छ । यो देश लोकतान्त्रिक छ कि छैन,त्यो पनि अध्ययनको बिषय हो । लोक भनेको जनता, तन्त्र भनेको शासन अर्थात् जनताको शासन । शासन भनेको सत्तामात्रै हैन, न त भत्ता नै हो । भाषण र आश्वासन नै लोकतन्त्र हो भने त हाम्रो भन्नु केही छैन । तर, जनतालाई रासन र प्रभावकारी प्रशासन पनि लोकतन्त्र नै हो भने-यी दुवै अहिलेसम्म हामीले अनुभव गर्न पाएका छैनौं । यसलै हामी भन्न सक्छौं-अहिलेसम्म देश न संघीय भएको छ, न त लोकतान्त्रिक नै ।

'त्यसो भए 'गणतन्त्र नेपाल' त हो नि ।'-तपाईंको मनमा झ्वांक उठ्दो हो । तपाईंको झ्वांक उठेर जतिसुकै अग्लो भएपनि म भन्न बाध्य छु-अहिलेसम्म देशमा गणतन्त्रको गाथा पनि गतिलो छैन । गर्जन त बरु 'गनतन्त्र'वालाहरुकै ठूलो सुनिन्छ । 'गणतन्त्र' भनेको कागजभित्रको गनथन हैन, गण -जनता) हरुको अनुभव हो । न अनु, न भवः !श्रीपेचबिनाका राजाको खुट्टी देखेरै पत्याईयो-गणतन्त्रको अनुभव, असम्भव π यसको अर्थ-यिनि राजाभन्दा बरु तिनै राजा ठिक भन्ने अर्थ नलागोस् । तिनि राजा बिचरा उठ्नै नसक्ने गरी पछारिएकाछन् ।

तपाईं भन्नुहोला-'राजा नै नरहेपछि स्वतः गणतन्त्र आइहाल्यो नि ।' मानसिकता उही, चाकडीको चलन उही, कमिसनको खेल उही, जाल र झेल उही, छोरी बाबुको बुइ-अनि गणतन्त्रको उज्यालो खोई - जित्नेहरु सडकमा - हार्नेहरु सरकारमा, हिजो अघाएका, गन्हाएका, फ्यांकिएका, नांगिएकाकै बोलावाला छ । गणमतको कदर छैन-अनि कहांबाट यो देशलाई गणतन्त्र भन्न मिल्छ र !

'संघीय लोकतान्त्रिक गणतन्त्र' नभएपनि 'नेपाल' त हो क्यारे ! हो, त्यही 'हो क्यारे ! ' भन्नचाहीं सकियो तर हो नै भन्न गाह्रो छ । नेपाल हैन भनौं भने बिश्वमान चित्रमा दक्षिण एसियाको उत्तरी दिशमा एउटा सानो टिको देखिन्छ । जुम गर्दै जांदा त्यहां कालापानी काटिएको छ, महेशपुर चुंडिएको छ । अझै जुम गर्दै जांदा त्यहां लिम्बुवान छ, खम्बुवान छ, तमुवान छ, खसवान छ-तर नेपाल छैन ।

त्यसो त नेपाल भनेको मेची देखी काली सम्मको १८ कि.मी.सिमानामात्रै नेपाल हैन, यहांका प्रकृति संस्कृति, जाती, भाषा सबै मिलेर नेपाल बनेको हो । तर, उसले म नै नेपाल हुं भन्छ, त्यसले तं हैनस्, म हुं नेपाली भन्छ । यो हो कि त्यो हो, उ हो कि म हो नेपाल-केही नबुझेर मेरो मगज रनभूल्लमा परेको छ ।

Author in brief
Name : मनोज गजुरेल
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


dipak nepali writes:
Posted on 11/19/2009
छाउंछु भन्छन् सबैजना नेपालीका चुहुने छानाहरु यो आएनि ऊ आएनि आखिर सब अनिकालका मानाहरु! देख्छु भन्छन् समस्या देशका नेताहरु सबै जनाहरु के देख्छन् यीनले देश रोएको आंखा भएका कानाहरु! जनताको घर ओरिपरि पहिरो र कांडाको झाडी छ बाटै नभको देशका नेताको ८५ लाखे गाडी छ घर राष्ट्र बिग्रेको बेला परराष्ट्र मन्त्रीको १लाखे साडी छ जनता भोकै जाजरकोटमा नेताको पेटै भारी छ! जनताले जडिबुटि कुटी लुगा धुन्छन् नेताले साबुनले सबैले बिगारेका हुन् देश कहां सक्थे र मात्र बाहुनले? आलु ठूलो कि पिंडालु ठूलो छुट्टाउनै गाह्रो गानाहरु सज्जन दुर्जन छैन कोइ सब अनिकाला मानाहरु! अम्रिकामा मन्त्री हुनु जनताको लागि जुट्नु हो नेपालमा मन्त्री हुनु जनतालाई सकेसम्म लुट्नु हो! अम्रिकामा सांसद हुनु जनताको पाउमोल्नु हो नेपालमा सांसद हुनु जनताको घाउ झन खोल्नु हो नेपाली बांकी राष्ट्रियतालाई खुलेआम मोल्नु हो विदेशी प्रभुका छदमरुपी बनि नेपाली भै टोपल्नु हो पच्चिस प्रतिशत राजाले बिगार्यो पच्चिस पंचले बहुदलबादीले बांकी बिगारे आखिर सबै चंचले!
Laxmi nakarmi writes:
Posted on 9/28/2009
Kehi chhaina lekhak mahodaye.mechi dekhi mahakali samma ko lambai 18 km. matrai hune bela aaudai chha.kala-kala nangra le koparera,kalapani,darchula,susta,bramhadev,aadi chhimeki laai sumpi sakyo,Bistarai Nepal ko naksa khumchidai mechi-mahakali 18 km hoina 18m matrai huna baki chha
Ramesh Bhandari writes:
Posted on 9/17/2009
I like This Matter.Manoj you are keeping try for make vision to leader but I think they are not good guy
Rohit writes:
Posted on 9/17/2009
Manoj ji dherai ramailo lekhnu bhaeko rahechha dhanyabad. yesari nai pole kholdinu hai aba prachanda ji ko pani...................hehe
Ramesh writes:
Posted on 9/16/2009
Eventhough, Name looks artificial Dr. James Hongs Lee, contents are 110% pure and relavant in contest of Nepal. You may challenge great Manoj Dai. Manoj dai I am not under estimating yours article. It is too long to wait for next article.
लेखक writes:
Posted on 9/13/2009
लेखको अन्तिम म्याराग्राफमा भएको (मेची देखी काली सम्मको १८ कि.मी.) सिमानामात्रै मा लगभग १८०० कि मि लेखक हुनुपर्नेमा भूल सुधारगरी सच्याईएको छ ।
लेखक writes:
Posted on 9/13/2009
भूल सुधार त्यसो त नेपाल भनेको मेची देखी काली सम्मको १८ कि.मी.सिमानामात्रै नेपाल हैन, (लगभग १८०० कि मि)
Dr.James Hong Lee writes:
Posted on 9/13/2009
छाउंछु भन्छन् सबैजना नेपालीका चुहुने छानाहरु
यो आएनि ऊ आएनि आखिर सब अनिकालका मानाहरु!
देख्छु भन्छन् समस्या देशका नेताहरु सबै जनाहरु
के देख्छन् यीनले देश रोएको आंखा भएका कानाहरु!

जनताको घर ओरिपरि पहिरो र कांडाको झाडी छ
बाटै नभको देशका नेताको ८५ लाखे गाडी छ
घर राष्ट्र बिग्रेको बेला परराष्ट्र मन्त्रीको १लाखे साडी छ
जनता भोकै जाजरकोटमा नेताको पेटै भारी छ!

जनताले जडिबुटि कुटी लुगा धुन्छन् नेताले साबुनले
सबैले बिगारेका हुन् देश कहां सक्थे र मात्र बाहुनले?
आलु ठूलो कि पिंडालु ठूलो छुट्टाउनै गाह्रो गानाहरु
सज्जन दुर्जन छैन कोइ सब अनिकाला मानाहरु!

अम्रिकामा मन्त्री हुनु जनताको लागि जुट्नु हो
नेपालमा मन्त्री हुनु जनतालाई सकेसम्म लुट्नु हो!
अम्रिकामा सांसद हुनु जनताको पाउमोल्नु हो
नेपालमा सांसद हुनु जनताको घाउ झन खोल्नु हो

नेपाली बांकी राष्ट्रियतालाई खुलेआम मोल्नु हो
विदेशी प्रभुका छदमरुपी बनि नेपाली भै टोपल्नु हो
पच्चिस प्रतिशत राजाले बिगार्यो पच्चिस पंचले
बहुदलबादीले बांकी बिगारे आखिर सबै चंचले!
Mkeh Rana magar KSA writes:
Posted on 9/13/2009
अहो मनोज जी बडो राम्रो लेख लेख्नु भो मेरो तर्फ बाट बधाई छ , हाम्रा अपरिपक्क नेताहरुको पोल खोल्ने प्रयास गरेकोमा धन्यवाद
Laxmi nakarmi writes:
Posted on 9/13/2009
Nepal pani ta phal nai ho ni(Pahile ta dui dhuna ko tarul bhanthe),Dui tira Mota-mota tighra(China -Bharat)bich ma chepto parera tundrungga jhundiyeko phal nepal nai hoina ta?ma ta khanna,tapai haru badera kahane bhaye madhes badi dal,YeMale,Kangrese,mao badi lai nabirsanu, marla hai.
Dr.James Hong Lee writes:
Posted on 9/13/2009
छाउंछु भन्छन् सबैजना नेपालीका चुहुने छानाहरु यो आएनि ऊ आएनि आखिर सब अनिकालका मानाहरु! देख्छु भन्छन् समस्या देशका नेताहरु सबै जनाहरु के देख्छन् यीनले देश रोएको आंखा भएका कानाहरु! जनताको घर ओरिपरि पहिरो र कांडाको झाडी छ बाटै नभको देशका नेताको ८५ लाखे गाडी छ घर राष्ट्र बिग्रेको बेला परराष्ट्र मन्त्रीको १लाखे साडी छ जनता भोकै जाजरकोटमा नेताको पेटै भारी छ! जनताले जडिबुटि कुटी लुगा धुन्छन् नेताले साबुनले सबैले बिगारेका हुन् देश कहां सक्थे र मात्र बाहुनले? आलु ठूलो कि पिंडालु ठूलो छुट्टाउनै गाह्रो गानाहरु सज्जन दुर्जन छैन कोइ सब अनिकाला मानाहरु! अम्रिकामा मन्त्री हुनु जनताको लागि जुट्नु हो नेपालमा मन्त्री हुनु जनतालाई सकेसम्म लुट्नु हो! अम्रिकामा सांसद हुनु जनताको पाउमोल्नु हो नेपालमा सांसद हुनु जनताको घाउ झन खोल्नु हो नेपाली बांकी राष्ट्रियतालाई खुलेआम मोल्नु हो विदेशी प्रभुका छदमरुपी बनि नेपाली भै टोपल्नु हो पच्चिस प्रतिशत राजाले बिगार्यो पच्चिस पंचले बहुदलबादीले बांकी बिगारे आखिर सबै चंचले!
Roshan writes:
Posted on 9/13/2009
loktantra dekna man 6 vane Kangres banuhos. agadi nii au6 loktantra. ane ganatntra chaeo vane Maobadi banuhos 1 mintue ma nii desh var ganatntra deknu hun6. ra sabi yaki chote dekna man lago vane A...Male "Gendabad" sabi vanda sajelo Party. kae dekna man 6ena vane Kamal Thapa aji geudi 6an ....


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com