खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: मनोज गजुरेल


आन्तरिक पर्यटन

अहिले जनवादी गायकदेखि धनवादी नायकसम्म, मनवादी गायिकाहुँदै तनवादी नायिकासम्म माओवादीमा ओइरिएका छन् । कोही यो ओइरोलाई एमालेमा गएको बिशाल पहिरो ठान्दछन् । उनिहरुको तर्क रहने गर्दछ- यो पहिरोले माओवादी बाहेक सबैको अगाडी गहिरो खाडल खनि दिएको छ । पार्टीका कार्यकर्तादेखि दरबारका हर्ताकर्ताहरुसम्म माओवादीमा लर्को लागेको देख्ने अर्काथरी थप्छन्- 'यो हुलमूलमा जिउ जोगाउने होड हो, माओवादीले धान्नै नसक्ने ओभरलोड हो । '

'सयथरी बाजा एउटै फुल-सयथरी बिचार एकै हुल' को नारा सहितको यस कदमलाई बिभिन्न मान्छेले भिन्न भिन्न दृष्टिकोणले हेरेकाछन् । कोही भन्छन्- 'यो राष्ट्रघातीकालागि नराम्रो तोड हो, राष्ट्रघाती र राष्ट्रवादीबिच ध्रुबिकरणको मोड हो ।' मेरो सिद्धान्त के छ भने- बिचार सुन्नु सबैको, ब्यवहार गर्नु आफ्नो π आफु परियो सबैको, सधैंको प्रतिपक्ष- यस ओइरोको बिषयमा मेरो आज पनि भिन्न मत नै रहेको छ । यो लहर सिद्धान्ततः मोड होस् वा कमोड होस्- ब्यवहारतः यो 'आन्तरिक पर्यटन'को होड हो, पार्टीले धान्नसके देश बनाउने जोड हो, नसके मकैको ढोड हो !

खप्परध्वजको रिसर्चबाट पत्ता लागेको छ- नेपाली जनता कुनै शक्तिका पकेट मनि हैनन्-रकेटको गतीमा यात्रा गर्ने पर्यटकहरुमात्र हुन् । एक जमाना थियो- सबै पञ्च नेपाली, सबै नेपाली पञ्चको नारा उरालिएको थियो । नेपाली जनता त्यतिखेर 'पञ्चप्रदेश'को यात्रामा थिए । तर प्रदेशको बातावरण ठिक नभएपछि जनताहरु अर्को ठाउंको यात्रामा निस्किए र 'काङ्ग्रेसगञ्ज'मा रमाउन थाले । सबै जनता कांग्रेस भए- पञ्चहरु गोलखाडी गए , चरा चुरुङ्गी सबै कांग्रेस भए । त्यसपछिको रेसमा कांग्रेस पछाडी पर्यो- ढुंगा,माटो सबै एमाले बने । जनतापनि'एमालेल्याण्ड'को यात्रामा निस्किए ।

'एमालेल्याड'को पर्यटन केही समयसम्म रमाइलै भयो । तर विस्तारै एमालेल्याडमा शितलहर चल्न थाल्यो, पर्यटकहरु बिरामी पर्न थालेपछि आ-आफ्नो घरमा फर्किए । त्यसको केही समयपछि 'राजास्थान'मा राजा बिरेन्द्रको हत्या हुन पुग्यो- त्यस हत्याकाण्डको पिंडामा सबै जनता 'राजास्तान' तिर हानिए । पछि पात पतिंगर समेत उनको हत्याराको बिपक्षमा लागे- बिरेन्द्रको शवयात्रामा देखिएका मलामीको सागर देख्दा लाग्दथ्यो- यो देशका सबै नागरिक 'राजास्तान'का आदीवासी हुन् !

  तर, बिरेन्द्रको संमानमा कपाल खौरने तिनै जनता केही समयपछि 'राजास्तान'मा आगो झोस्न थाले । यस्तो लाग्दथ्यो- ति जनता पर्यटक हैनन्- रावणको लंका सत्यानास गर्न ओइरिएका वानरसेनाहरु हुन् ! ज्ञानेन्द्रको राजास्थान खरानी भयो- पर्यटकहरु तान्न बिभिन्न ठाउंबाट प्रयत्न भयो-तर 'माओवादी बगैंचा'ले पर्यटकहरुलाई यस्तरी तान्यो कि अरु पर्यटनस्थलहरु भ्fmण्डै झण्डै टाट पल्टिएको स्थिति रह्यो ।

अब अहिलेको यात्रा मैले के भनौं-तपाईं आफैं भुक्तभोगी हुनुहुन्छ । जलवायु प्रदुषणले धेरै पर्यटन स्थल प्रदुसित भएकाछन् । कांग्रेसल्याण्डमा 'सुजाता फ्लु'ले बसिसक्नु छैन । 'एमालेल्याण्डमा' दक्षिणी तातो हावा चलेर हैरान छ । 'फोरमपुर'मा फोहर गन्हाएर नाकै झर्लाजस्तो छ । 'माओवादी बगैंचा'को आकर्षणमा धुलो मैलो लाग्न थालेको छ । 'आन्तरिक पर्यटक'हरु न्ायाँ गन्तब्यको खोजीमा छन् । थाहा छैन-भोली ती जनताको यात्रा कुन दिशातिर तय हुने हो ! किन भने जनता त केवल 'आन्तरिक पर्यटक'मात्र हुन् ।

खप्परध्वजको तर्क छ- जनता कहिल्यै कसैको पेवा रहेनन् कोही कसैको दाइजो भएनन् । जनता न क्रेडिटकार्ड हुन् , न त ब्यांक बैलेन्स- उनिहरु त केवल आन्तरिक पर्यटकमात्र हुन्, कहिले कुन पार्टीमा बस्छन्, कहिले कुन पार्टीमा ! पार्टीहरुलाई थाहा होस्- जनता न तिम्रो पार्टीमा हुनेछन्, न त हाम्रो पार्टीमा रहनेछन्-उनिहरु त केवल बेला मौकामा यो पार्टीमा आउंछन् , कहिले त्यो पार्टीमा रमाउँछन्- रमझम सकिन्छ, अनि आ-आफ्नो गन्तब्यतिर लाग्छन्- सबैलाई चेतना भया ! राजनीति पार्टी, अर्थात् राज्यको नीति बनाउने र चलाउने संस्था -पार्टी शब्दको अर्थ यही हो । शब्द र अर्थ फलाकेर जनताको चित्त बुझाउँदैन- जनता ब्यवहारिकता खोज्दछ । दुर्भाग्य, ब्यहारमा पार्टी भनेको बास बस्ने पाटीजस्तो भइदियो, लेख्दै मेट्दै गर्ने पाटि बनि दियो । कोही भन्छन्-पार्टी भनेको दोकान हो, नेता दोकानदार अनि जनताचाहिं ग्राहक ! अर्काथरी भन्छन्- सिद्धान्त गाडी, नेता ड्राइभर र जनता पेसेन्जर हुन्- त्यसैले एउटै गाडीमा पेसेन्जर ओभरलोड बस्नु हुन्न, ड्राइभर आत्तिएर दुर्घटना हुन सक्छ ।

तर, खप्परध्वजको बिचारमा पार्टी न पसल हो, न गाडी -पार्टीहरु त मात्र पर्यटन स्थलहरु हुन्, नेता पर्यटकीय स्थलमा म्यानेजरहरु, अनि जनता आन्तरिक पर्यटकमात्र हुन् । पर्यटन स्थलमा राम्रो सुबिधा छ, अतिथि सत्कारमा अपन्ात्व छ र सेवा सुविधामा कुनै कसर बांकी राख्नु भएको छैन भने ति पर्यटक बर्षेनी हुने चुनावी मेलामा तपाईकैमा आउने छन्- तर, 'धारेहात दिल्लीतिर-मन बचन कुर्सीतिर' भयो भने आन्तरिक पर्यटकहरु नयाँ गन्तब्यको खोजीमा लागिहाल्ने छन् । किनभने जनता पसलका ग्राहक हैनन्, यो देशका आन्तरिक पर्यटकमात्र हुन् ।  

Author in brief
Name : मनोज गजुरेल
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


anoj karki writes:
Posted on 4/13/2010
antari paryatak navani tini harulai ausarbadi vanda adhya ramro hunthyo ki?
bhuparaj writes:
Posted on 3/12/2010
aantrik paryat ko paryawecchak jyu,khupperdhwaj ko khupper malai sapati magi dinu paryo,kinbhane ma pani bholiko din ma paryatan mantri hunu parema sajilo hune thiyo!!!!lekh sarai ramailo chha ,budhaui ani danyawad.....
anjan bidrohi writes:
Posted on 3/11/2010
very very nice laagyo
grg bhisal writes:
Posted on 3/3/2010
daju le chahi thatti kura garnu vayo hai. i like this article
shubh writes:
Posted on 3/1/2010
tapaile thik kuro lekhnu vayo. Pakka pani jantalai paryatak nai banayo.
navaraj bhattarai writes:
Posted on 2/28/2010
kuro chai manoj bro ko ramro lago yar


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com